Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • माइती नेपालद्धारा महिला उच्च प्रहरी अधिकारी सम्मानित

    माइती नेपालद्धारा महिला उच्च प्रहरी अधिकारी सम्मानित

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । माइती नेपालले नेपाल प्रहरीको उच्च ओहोदामा पदोन्नती हुने महिला प्रहरी अधिकारीलाई सम्मान गरेको छ ।

    शुक्रबार संस्थामा आयोजित एक कार्यक्रमबीच माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र संस्थाका कार्यकारी निर्देशक विश्व खड्काले उच्च ओहोदाका महिला प्रहरी अधिकारीलाई सम्मान गरेका हुन् ।



    सम्मानित हुनेमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएकी पूजा सिंह, प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका मिरा चौधरी, किरण बज्राचार्य, दुर्गा सिंह र किरण राना रहेका छन् ।



    कार्यक्रममा एआईजी सिंहले प्रहरी संगठनमा महिला प्रहरीको सहभागितामा क्रमशः वृद्धि हुँदै गएको बताउँदै महिलाको सहभागिता र सक्रियताबिना नेपाल प्रहरीमात्र नभई कुनै पनि निकायको कल्पनासमेत गर्न नसकिने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार