काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा नेपालका उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेसँगै पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् ।
जसपाको संघीय परिषद् अध्यक्षकै हैसियतमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा गरेका हुन् ।
भट्टराईले पार्टी रुपान्तरणका लागि अनवरत रूपमा खटिएका केन्द्रीय सदस्यहरू लगायत सबैलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल पनि गरेका छन् ।
भट्टराईले जसपा नेपालमा लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वेच्छाचारी कार्यशैली विरुद्धको बहस उत्कर्षमा पुगेको उल्लेख गर्दै सोही क्रममा केन्द्रीय समितिको अलग अलग बैठक गर्ने तहसम्म पुगेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
Leave a Reply