Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउन ३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । साउन ३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

अर्को बैठक साउन ४ गते बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाल नागरिकता संशोधन विधेयक २०७९ माथि सैद्धान्तिक छलफल समाप्त भएको छ ।

यस्तै आजै बसेको दोश्रो बैठकले प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077