Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीसीटीभी फुटेज मेटियो भन्ने अनुमानसमेत गर्न सकिन्न : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले देशको केन्द्रीय प्रशासकीय परिसर भित्रका सीसीटीभी दृश्यहरु सुरक्षित छैनन भनी अनुमान समेत गर्न नसकिने टिप्पणी गरेको छ ।

अर्थमन्त्रालयको बहुचर्चित सीसीटीभी फुटेज प्रकरणसम्बन्धी एक रिट निवेदनको प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्च अदालतले सुरक्षा मामिलालाई दृष्टिगत गर्दा समेत त्यस्ता फाइल सुरक्षित नै हुने भनी अनुमान गरेको हो ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसर भित्रको सुरक्षा समेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरुले सिंहदरबार भित्रको अर्थ मन्त्रालय लगायत अन्य मन्त्रालयहरुको सीसीटीभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने हुँदा, सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गरिरहन परेन ।’

रिट निवेदकहरु सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले अर्थ मन्त्रालय र अन्य मन्त्रालय समेत सीसीटीभी फुटेज सुरक्षित राख्न माग राखी रिट निवेदन पेश गरेका थिए ।

सर्वोच्चले सिंहदरवारको सुरक्षा संवेदनशीलताका कारण पनि यी दृश्य मेटिए होलान भनी अनुमान गर्न नसकिने भन्दै अन्तरिम आदेश आवश्यक नभएको औल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077