Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा सांसद लिङ्देनले भने - उपसभामुखमा प्रतिपक्षको हक लाग्छ

काठमाडौं । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा सैद्धान्तिक रुपमा उपसभामुख प्रतिपक्षको हुनुपर्ने बताएका छन् ।

उपसभामुख चयनका लागि प्रतिनिधिसभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै लिङ्देनले सो कुरा बताएका हुन् ।

लिङ्देनले अहिलेको अवस्थामा उपसभामुख पद प्रतिपक्षको भागमा पर्नुपर्ने र त्यो उसको अधिकारको कुरा भएको बताए ।

‘यो प्रतिपक्षको हक हो । सत्तापक्षले जानेर उदारतापुर्वक प्रतिपक्षलाई उपसभामुख दिनुस् भन्नुपर्ने हो’, उनले दुवै उम्मेदवार सक्षम र योग्य भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077