Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • पशुपतिनाथको जलहरी बनाउँदा १७ किलो सुन गायब

    पशुपतिनाथको जलहरी बनाउँदा १७ किलो सुन गायब

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको छ । पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको हो ।

    पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚ चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ।



    सुनमा शुद्धता प्रतिशत समान नरहेको र त्यसमा अन्य धातु तथा रसायनको मिश्रण गरिएको महालेखाले उल्लेख गरेको छ। सुनको जलहरीमा तामा २ किलो ९ सय ९० ग्राम, चाँदी १ किलो २ सय ४९ ग्राम,जिंक १२ किलो ७ सय ५० ग्रामसमेत मिसाइएको र यी सबै धातुसहित उक्त जलहरीको तौल गरी १ सय ७ किलो ४ सय ९० ग्राम सुन कायम गरेकोसमेत महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।



    महालेखाको ५९ औँ प्रतिवेदनअनुसार सुनको जलहरी निर्माण गर्न पशुपति क्षेत्र विकास कोषले गत वर्ष नेपाल राष्ट्र बैंकबाट १ सय ३ किलो ७ सय ७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार