Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 831
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आकस्मिक बैठक बस्न लागेको हो ।

    मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्ने जनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ ।



    उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप तथा यसका पदाधिकारीहरुबारे निर्णय लिनेछ ।



    दुवै आयोग र आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार