Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा फुटाउने बाबुरामको सपना चकनाचुर: उपेन्द्र यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन्।

वीरगञ्जमा बसेको आफूपक्षीय भेलाका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै अध्यक्ष यादवले शुक्रबार बिहान यस्तो बताएका हुन्। यादवले पार्टी फुटाउन गुट भेला गरेपनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताए।

काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए ।

जसपाको बिहीबार बसेको बैठकले विधानविपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077