Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भारतले धौलीगंगा जलविद्युत्‌को बाँध खोल्यो, सतर्कता अपनाउन आग्रह

    भारतले धौलीगंगा जलविद्युत्‌को बाँध खोल्यो, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ ।

    भारतले आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोलेको हो ।



    जसका कारण महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ।



    सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अनुरोध गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार