Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्ततः जसपा दोस्रोपटक फुट्दै, नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्।

‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव) ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन्।’

काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरू यस्तो निष्कर्षमा पुगेको उनले बताए। ‘केन्द्रीय सदस्यहरूसँगको गम्भीर छलफलपछि आफूहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हौं,’ उनले भने। नयाँ पार्टीको नाम, चुनाव चिह्न, झन्डा, घोषणापत्रबारे शुक्रबारदेखि गम्भीर छलफल सुरु हुने उनको भनाइ छ।

जसपाको ३४ सदस्यीय कार्याकारिणी समितिमा भट्टराईको पक्षमा हिसिला यमी, महेन्द्र यादव, रमेश यादव, डम्मर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा स्वाब, भक्तबहादुर शाह उभिएका छन्। भट्टराई पक्षले बोलाएको विस्तारित बैठकमा यी नेताहरूको उपस्थिति थियो। नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेकाले आफूहरूसँग कतिजना केन्द्रीय सदस्य छन् भन्ने विषय महत्वपूर्ण विषय नभएको सिंहले भने। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077