एजेन्सी । इटलीका प्रधानमन्त्री मारियो द्राघीले राजीनामा दिउका छन् ।
सबैभन्दा बलियो सत्ता साझेदार रहेको लोकतान्त्रिक गठबन्धनको फाइभ स्टार पार्टीले द्राघीलाई लिएको समर्थन फिर्ता लिएसँगै उनले अल्पमतमा परेर राजीनामा दिएका हुन् ।
युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख समेत रहेका द्राघी फाइभ स्टार पार्टीको समर्थनमा गएको वर्ष प्रधानमन्त्री बनेका थियो ।
तर राष्ट्रपति सर्जियो माटारेल्लाले द्राघीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन् ।
Leave a Reply