Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुम्लामा जलविद्युतको पावर हाउस भासियो, एकै परिवार तीन जनाको मृत्यु

जुम्ला । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

बिहीबार राति करिब साढे २ वजे जिल्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीस्थित जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेको प्रहरीले जनाएको छ ।

हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077