Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुरधाम बन्द गराउने १२१ चुरे अभियानकर्मी पक्राउ

जनकपुरधाम । विभिन्न माग तीन बुँदे माग राख्दै जनकपुरधाम बजार बन्द गराउँदै हिंडेका एक सय २१ जना चुरे तथा वन जंगल संरक्षण अभियानी र सुकुम्बासीहरु पक्राउ परेका छन् ।

पूर्व घोषित अनुसार चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले बिहीबार जनकपुरधाम बजार बन्द गराउन खोज्दा धनुषा प्रहरीले जनकपुरधामको विद्यापति चोक, कुआ बजार, शिव चोक र मिल्स एरियालगायतका ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहँदा पनि सरकारले ध्यान नदिएको, वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गाधनी प्रमाण पत्र दिनुपर्ने माग गरेका छन् ।

पक्राउ पर्नेहरुमा एक सय १० जना महिला र ११ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दिनभरि जनकपुरधाम बजार क्षेत्रभित्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077