Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकल आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले एकल आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

गृहमन्त्री बालकृष्ण खाणले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले एकल आमाले स्वस्घोषणा गरे सन्तानले सहजै नागरिकता पाउनुपर्ने धारणा राखे।

संविधान बनिसकेपछि नागरिकता पाउने आशा भएपछि यत्रो वर्ष कानुन बनाउन नसक्दा लाखौं नागरिक नागरिकताबाट वञ्चित भएको उनले उल्लेख गरे।

बीचमा सहमतिको प्रयास भएको, समितिमा छलफल भए पनि सहमति जुटाउन नसक्दाको मूल्य जनताले चुकाउनुपरेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077