Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनले भने - ई-स्पोर्टसका लागि छुट्याइएको बजेट अमुक संस्था वा खेलका लागि होइन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट अमुक संस्था वा खेलका लागि नभएको जनाएको छ ।

महानगरपालीकाका मेयर बालेन शाहले ई-स्पोर्टसकालागि छुट्याइएको बजेटका विषयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगमा ध्यानाकर्षण भएको बताउदैं संस्था वा खेलका लागि नभएको बताएका हुन् ।

सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै उनले भने ''सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ ।

ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन ।''उनले भने

यस्तै उनले यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077