Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुबई पठाईदिन्छु भनी ११ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौंको चावाहिल बस्ने २७ बर्षका विकाश थापा रहेका छन् ।

उनी दुबईको रेष्टुरेन्टमा काम लगाइदिने भनि पीडितबाट ११ लाख रुपैयाँ लिएर फरार भएका थिए ।

वैदेशिक रोजगार विभागले थापालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रचार गरेको थियो ।

थापालाई बसुन्धाराबाट पक्राउ गरि वैदेशिक रोजगार विभागमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077