Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराईको मात्र उम्मेदवारी

    उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराईको मात्र उम्मेदवारी

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 885
    SHARES

    काठमाडौं– भोलि शुक्रबार हुने उपसभामुख पदको चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्।

    संघीय संसद सचिवालयका अनुसार निर्धरित समय भित्रमा दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्।



    जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) की सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्।



    भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की(२ बाट निर्वाचित एमाले सांसद हुन्। उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्।

    यस्तै कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार