काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता श्रेष्ठले २०७३ सालमा महाप्रसाद अधिकारी अहिले आएर कसरी एम.अधिकारीमा रुपान्तरण भयो ? भनेर प्रश्न समेत गरे ।
श्रेष्ठले विवाद आएपनि एमाले वा गभर्नर अधिकारीले स्पस्ट ढंगले प्रस्ट पार्न नसकेको भन्दै पार्न सक्ने अवस्था पनि नरहेको बताए । उनले ढाँट छल गर्ने प्रवृति मौलाएर जाँदा देश कहाँ जान्छ भन्ने प्रश्न गर्दै यसबारे सरकार र पार्टीको गम्भीर ध्यानाकर्षण गराए ।
Leave a Reply