Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपसभामुखमा एमालेको समर्थन लोसपाकी चौधरीलाई

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने भएको छ ।

उम्मेदवारी नपरेमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने एमालेले जनाएको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो ।

एमालेले चौधरीलाई नै सघाउने सम्भावना रहेको जनाइएको छ । प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077