Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपसभामुख पदमा एमालेले पनि उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमालेले शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुख पदमा गठबन्धनको उम्मेदवार हेरेर उम्मेदवारी दिने भएको छ ।

उपसभामुख पदका लागि आज बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

छलफल अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको जनाइएको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीका तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077