Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पेस गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि बुधबारको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए ।

साथै, बुधबारकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077