Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

    सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 960
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

    बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले प्रदेश सभा निरन्तर अवरोध गर्दै आएको थियो । तर, आज सरकारले प्रतिपक्षी दलको १४ बुँदे माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि भएको सहमतिसँगै बजेट बहुमतबाट पास भएको हो ।



    बजेटमाथि आजै छलफल भएको थियो । प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु बाहेक अन्यले बजेटको पक्षमा मत दिएका छन् ।



    एमाले र जसपाका सांसदले भने विपक्षमा मत दिएका थिए। असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि संशोधन गर्नुपर्ने भन्दै एमालेले अगाडि सारेका १४ बुँदे माग कार्यान्वयन गर्न प्रदेश सरकार तयार भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार