Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • सरकारको बेरुजु रकम झन्डै ५ खर्ब पुग्यो

    सरकारको बेरुजु रकम झन्डै ५ खर्ब पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 783
    SHARES

    काठमाडौं । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ ।

    महालेखाले यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाहरू समेतको ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखा परीक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।



    संघ, प्रदेश र स्थानीय तह समेतको लेखा परीक्षणबाट एकै वर्षमा एक खर्ब १५ अर्ब पाँच करोड बेरुजु कायम भएको प्रतिवेदनले औंल्याएको छ ।



    गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड थियो । यसमा समायोजन तथा फर्स्यौट गरिएको अंक घटाई यो वर्ष थप भएको बेरुजु जोड्दा कुल बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुगेको हो ।

    यस्तै, गएको आर्थिक वर्षमा लेखा परीक्षण र सम्परीक्षणबाट ४ अर्ब २० करोड रुपैयाँ असुल भएको छ । अद्यावधिक गरेर टुङ्गो लगाउनुपर्ने रकम गएको ८ खर्ब २९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार