गोरखा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेसित तालमेल हुने बताएका छन् ।
प्रदेशस्तरीय प्रशिक्षणको कार्यक्रममा सहभागी हुन बुधबार गोरखा आइपुगेका अध्यक्ष थापाले तालमेल गरेको ठाउँबाहेक देशका सबै जिल्लाहरुमा राप्रपाकै चुनाव चिन्ह लिएर उम्मेदवार उठाउने बताए।
केपी ओलीको नेतृत्वमा मुलुकमा राजनीतिक स्थिरता र सम्वृद्धिको सुत्रपात भएकाले त्यसबाट प्रभावित भएर एमालेसित तालमेल गर्न आफू तयार गरेको थापाले बताए ।
राजतन्त्रको एजेण्डा बोक्दा अरु एजेण्डा ओझेलमा पर्ने भएकाले सो एजेण्डा छोड्नु परेको उनले बताए ।
Leave a Reply