Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

म त एउटा सानो चक्कु लिएर विशाल सालघारी फाँड्छु भनेर हिँड्यारहेछु : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु सेन्सेटाइज र प्रभोक नहुने बताएका छन् ।

बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु पहिले नै सेन्सटाइज र प्रभोक भएको भन्दै अब नहुने बताएका हुन् । उनले आफुलाई कुनै बेला साथीहरुले नै सेन्सटाइज र प्रभोक गरिदिँदा बेला न कुबेला होलटाइमर भएर कुदेको बताए ।

‘साथीहरुले मलाई सेन्सेटाइज गर्दिए, प्रोभोक गर्दिए, म बेला न कुबेला होलटाइमलर भएर कुदेँ । पछि मैले थाहा पाउँदा त म जे गर्छु भनेर कुदेको त्यसको त्यतिबेला सम्भावना नै रहेनछ’, ओलीले भने, ‘जे गर्छु, जहाँबाट गर्छु भनेको म त एउटा सानो चक्कु लिएर विशाल सालघारी फाँड्छु भनेर हिँड्यारहेछु ।’

उनले कसैले नसुन्नेगरी भनेको भन्दै समावेशीता स्तम्भ नभएको पनि बताए । उनले संयुक्त राष्ट्रको आफुले विरोध नगर्ने भन्दै समावेशीता विकासको तरिका मात्रै भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077