Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जीवनमा मानवअधिकार उल्लङ्घन गरिन र गर्दिनँ : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जीवनमा आफुले कहिल्यै मानवअधिकार उल्लङ्घन नगरेको र अव पनि नगर्ने बताएका छन् ।

बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु ५७ बर्षदेखि मानवअधिकारका लागि लड्दै आएको दाबी पनि गरे ।

‘मैले अहिलेसम्म मानवअधिकारको उल्लंघन गरेको छैन र जीवनमा मानवअधिकारको उल्लघंन गर्दिनँ’, ओलीको भनाइ छ ।

उनले आफुलाई मानवअधिकार उल्लंघन कर्ता ठान्छ भने त्यो भुल हुने पनि बताए । उनले मानवअधिकार आफ्नो निष्ठा, उदेश्य, गन्तव्य र यात्रा भएको पनि बताए । त्यसक्रममा उनले मानवअधिकार विशुद्ध र अशुद्ध ठान्ने धारणा ‘भ्रान्ति’ हुने भन्दै कार्यक्रममा राष्ट्रिय मानवअधिकारका आयुक्तहरु नआएकोमा असन्तुष्टि पनि जनाए ।

उनले हरेक व्यक्ति सचेत भए मानवअधिकार उल्लङ्घन नहुने भन्दै डेमोक्रेटिक सिस्टममा आफ्ना स्वार्थ प्राप्त गर्न हिंसाको प्रयोगबाट परेज गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077