रुपन्देही । आर्थिक लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिका १ बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको हो ।
कुटपिटमा संलग्न रहेको आरोपमा उनकै बुवा ५४ वर्षीय फौदार भरसहित परिवारका ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते भएका थिए । कुटपिटबाट घाइते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Leave a Reply