काठमाडौं । प्रतिनिधिसभाले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ ।
बुधबार गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न अनुमति मागेका थिए ।
नेकपा एमालेका सांसद भीम रावल र शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।
तीनवटै विरोधको सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरे पछि सरकारलाई प्रतिनिधिसभामा नागरिकता विशेयध पेश गर्ने बाटो खुलेको हो ।
Leave a Reply