Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति ल्याउनुपर्छ :गगन थापा

काठमाडौं । प्रतिनिधि सभाका सांसद गगन थापाले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुनेगरी ल्याउनुपर्ने बताएका छन्।

अर्थतन्त्रलाई चलायमान हुने गरी मौख्रिक नीति आउनुपर्ने भन्दै थापाले भने, ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’

एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको चर्चा छ । यो विषय बुधबार संसदमा समेत उठेको छ ।

माओवादी केन्द्रका सांसद रेखा शर्माले गभर्नर कुनै दलको विभागमा बस्न नपाइने भन्दै छानबिन गर्न माग गरेकी छन् । शुन्य समयमा बोलेका कांग्रेस महामन्त्री थापाले मौद्रिक नीतिबारे गभर्नरलाई सुझाव दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077