काठमाडौं । लामो समयपछि प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ।
उपसभामुख रिक्त भएको भन्दै चर्को आलोचना भएपछि सरकारले उपसभामुख चयन गर्न लागेको हो।
उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने संसद सचिवालय स्रोतले जनाएको छ।
आजको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय कार्यसूची छ। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख खाली थियो।
Leave a Reply