Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खोलामा घुँगी टिप्न गएका युवकको डुबेर मृत्यु

मोरङ । मोरङमा घुँगी टिप्न गएका एक पुरुषको खोलामा डुबेर मृत्यु भएको छ।

रंगेली नगरपालिका २ का २५ वर्षीय भीम राईको कट खोलामा डुबेर मृत्यु भएको हो ।

घरबाट अन्दाजी ८ सय मिटर उत्तर–पूर्वमा रहेको खोलामा घुँगी टिप्ने क्रममा राई डुबेको जिल्ला प्रहरी कार्यालय मोरङ ले जनाएको छ ।

शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा ल्याएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077