Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गोकर्ण विष्ट भन्छन् – सरकारको एक वर्ष पूर्णतः असफल रह्यो

    गोकर्ण विष्ट भन्छन् – सरकारको एक वर्ष पूर्णतः असफल रह्यो

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले गठबन्धन सरकारको एक वर्ष असफल बनेको बताएका छन् ।

    बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सचिव विष्टले गठबन्धन सरकारको एक वर्षमा मुलुकले चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था भोग्नुपरेको बताएका हुन् ।



    उनले गठबन्धन सरकारको एक वर्षमा राष्ट्र र जनताको जीवन थप कष्टकर बनेको तथा राष्ट्रिय स्वाधिनता र आत्मसम्मान कमजोर बनेको समेत टिप्पणी गरे ।



    ‘गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारका बीच राज्य संचालनका न्युनतम विधि, मूल्य र मान्यता माथि खिल्ली उडाउने गरी बिते । राष्ट्रिय स्वाधिनता र आत्मसम्मान कमजोर बन्यो,’ उनले लेखेका छन्,’राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो ।

    सरकारले नागरिकलाई सेवा पुर्‍याउनुको साटो थप आहत पुर्‍याउने काम गर्यो । न किसानले समयमा मल पाए न विद्यार्थीले पढ्ने पुस्तक । यो सरकार जनताका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र हैन गैरजिम्मेदार बन्यो । समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रह्यो ।’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको बुधबार एक वर्ष भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार