Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच बिरामी, दुई जनाको अवस्था गम्भिर

रुकुम पश्चिम । रुकुम पश्चिममा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।

जिल्लाको बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीसहित पाँच जना बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आशिरामले मङ्गलवार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका हुन् ।

आशिराम खत्रीसहित उनकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री विरामी भएको प्रहरीले जनाएको छ । बिरामी पाँचै जनालाई बुधवार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइएको छ ।

घाइतेमध्ये आशिराम उनकी छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्य तीन जना भने सामान्य अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077