Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • आज २०९औँ भानु जयन्ती, विभिन्न कार्यक्रमसहित मनाइँदै

    आज २०९औँ भानु जयन्ती, विभिन्न कार्यक्रमसहित मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 933
    SHARES

    काठमाडौं । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो ।

    नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरी मनाइँदै छ ।



    संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ुरामायणु प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्।



    उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।

    विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।

    ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार