Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सैनिक विमान चढेर देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

    सैनिक विमान चढेर देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 990
    SHARES

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् ।

    राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती सेनाको विमानबाट मुलुक छोडेर भागेका हुन् ।



    अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानीमा मागे पुगेका छन् । राजापाक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएको छ ।



    राष्ट्रपति राजापाक्षेसँगै उनका भाई पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि मुलुक छाडेर अमेरिका पुगिसकेका छन् । राष्ट्रपति राजापाक्षे भागेसँगै प्रदर्शनमा उत्रेका सर्वसाधारणले श्रीलंकाको राजधानीमा कोलम्बोमा खुसीयाली मनाइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार