Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनार्दनमाथि छानबिन गर्न बनेको समितिको बैठक बस्दै

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक बुधबार पनि बस्दैछ । मंगलबार कार्यविधि पारित गरेको समितिले सभापति चयन गर्नका लागि बुधबार बैठक बोलाएको हो ।

बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने बताइएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका छन् ।

मंगलबार समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बैठक बसेको थियो ।

समितिले मंगलबार पारित गरेको कार्यविधि अनुसार अर्थमन्त्रालयबाट कागजात मगाउने, सीसीटीभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077