Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नासाद्धारा साढे ४ अर्ब वर्षअघिको ब्रह्माण्डको तस्बिर सार्वजनिक

    नासाद्धारा साढे ४ अर्ब वर्षअघिको ब्रह्माण्डको तस्बिर सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । नासाको जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डको गाढा चहकिलो स्पष्ट इन्फ्रारेड तस्बिर सार्वजनिक गरिएको छ ।

    ह्वाइट हाउसमा सोमबार आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नासाका अधिकारीहरुले जेम्स बेब टेलिस्कोपले खिचेको उक्त तस्बिर देखाएका थिए ।



    तस्बिरमा SMACS 0723 नाम गरेको एउटा तारापुञ्जको समूहलाई कैद गरिएको छ । यो ४.६ अर्ब प्रकाश वर्ष दूरीमा छ । गत वर्षको डिसेम्बरमा ब्रह्ममाण्डको अन्वेषण गर्नका लागि नासाले यो टेलिस्कोपलाई अन्तरिक्षमा पठाएको थियो ।



    नासाले सार्वजनिक गरेको यो तस्बिर ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा सघन र स्पष्ट तस्बिर भएको बताइएको छ । तस्बिरमा हजारौं आकाशगंगाहरु जेम्स वेब टेलिस्कोपको एउटा तस्बिरमा अटाएको नासाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार