Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माधव र झलनाथलाई चिनियाँ वरिष्ठ नेता लिउले भने – विचार मिल्ने पार्टीहरु मिल्नुस्

    माधव र झलनाथलाई चिनियाँ वरिष्ठ नेता लिउले भने – विचार मिल्ने पार्टीहरु मिल्नुस्

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित नेताहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले भेटवार्ता गरेका छन् ।

    नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा अपरान्ह ४ बजेदेखि सवा घण्टासम्म दुई पक्षबीच वार्ता भएको हो । समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भेटवार्ताबारे जानकारी दिँदै दुई पक्षबीचको कुराकानीमा लिउले पहिले आफ्ना कुरा राखेका थिए । भेटका क्रममा उनले आफ्नो यो भ्रमणबाट दुई देशको सम्बन्ध सुधार हुने विश्वास लिएका छन् ।



    चीनको विकास र कम्युनिष्ट आन्दोलन तथा एकताबारे करिब आधा घण्टासम्म आफ्ना भनाइ राखेपछि लिउले नेपाल प्रसंग जोड्दै यहाँका वाम पार्टीहरू मिलेर गएको राम्रो हुने सन्देश दिएका थिए । लिउले भेटवार्ताका क्रममा दुई कम्युनिष्ट पार्टीबीच सम्बन्ध बढाउने प्रस्ताव पनि गरेका थिए ।



    ‘हामी तपाईंहरुको राष्ट्रिय स्वाभिमानको लडाइँको कदर गर्छौँ’, लिउले भने,’यो लडाइँ अझै बलियो बनाउन तपाईंहरु मिलेर जाँदा राम्रो हुन्छ।’ नेता लिउले समाजवादी नेताहरुलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको एउटा भनाइ पनि सुनाउँदै एकतामै बल हुने भएकाले मिलेर जाँदा राम्रो हुने सुझाए।

    ‘आमरुपमा विचारधारा मिल्ने मान्छे एक ठाउँमा आउनु राम्रो कुरा हो। चीन एकतामा विश्वास गर्छ। एकतामा बल हुन्छ भन्ने हाम्रो मान्यता हो। त्यसकै आधारमा चीन अघि बढेको छ’, लिउले अगाडि भने, ‘हाम्रै राष्ट्रपति सी चिनफिङले पनि ‘एकतामा बल हुन्छु भनिरहनु भएको छ। उहाँकै भनाइअनुसार त्यहीकारण पनि हामी एक छौँ। चीन अहिले एक र बलियो छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार