Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पास

काठमाडौं । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन–२०७९ समितिबाट पास भएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेको भए पनि बैठकमा उपस्थित बहुमत सांसदको सहमतिमा २२ औँ वार्षिक प्रतिवेदन २०७९ पास भएको हो ।

सार्वजनिक लेखा समिति सचिव डा. रोजनाथ पाण्डेले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको जानकारी दिए ।

बैठकमा उपस्थित जनाएर प्रमुख प्रतिपक्ष दलका सांसदले बैठक बहिष्कार गरेर हिँडेपछि बैठकमा रहेका सांसदहरू उपस्थित सङ्ख्याको बहुमत रहेकाले वार्षिक प्रतिवेदन अनुमोदन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077