काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागका प्रमुख लिउ चियानछाओले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको निवासमा मंगलबार चार घन्टाभन्दा बढी समय बिताएका छन् ।
उक्त अवसरमा ओलीको नेतृत्वमा रहेको एमालेको टोली र लिउको नेतृत्वमा रहेको सीसीपीको टोलीबीचमा कुराकानी भएको थियो ।
ओली र लि बीचको भेटवार्तामा उपस्थित एमालेका विदेश विभागका प्रमुख राजन भट्टराईका अनुसार लिउ बिहान १० बजे आएर साढे २ बजे बालकोटबाट निस्केका हुन् ।
उक्त अवसरमा झन्डै साढे एक घन्टा लन्च खान लागेको र अन्य समयमा द्विपक्षीय कुराकानी भएको भट्टराईले जानकारी दिए ।
लिउलाई पूर्वप्रधानमन्त्री ओलीले नेपाल र चीनबीच कुनै पनि समस्या नरहेको बताएका थिए । ‘नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित छ ।
भट्टराईका अनुसार अध्यक्ष ओलीले लिउलाई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवर्तन आउँदासमेत एमालेको चीन नीति उही रहने प्रस्ट पारेका थिए । ‘हामी पारस्परिक समानता र लाभको आधारमा सम्बन्ध राख्छौं,’ ओलीले भनेका थिए ।
ओलीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई इंगित गर्दै नेपाल र चीनबीच भएको सहमतिहरुलाई अघि बढाउन पर्नेमा जोड दिएका थिए । ‘हिजो दुवै मुलुकको हितको लागि हामीले जे–जे सहमति गरेका थियौं, त्यसलाई अघि बढाउन जरुरी छ,’ ओलीको भनाइ थियो ।
Leave a Reply