काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले वीरगञ्जको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्ता गर्न आह्वान गरेका छन् ।
जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले वीरगञ्जमा बोलाएको बैठकमा आफूहरुलाई नबोलाएको नगएको बताएका हुन् ।
जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउदै उनले सङ्ख्या र बहुमत आफूसँग रहेको दावी उनले गरे ।
उनले आफूहरुको बैठक नै वैधानिक रहेको पनि दावी गरे । जापानका अध्यक्ष यादवले पार्टीमा कसैलाई जानकारी नदिइ एकलौटी रुपमा वीरगञ्जमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको बताए ।
पार्टीको विधानअनुसार दुई जना अध्यक्षको व्यवस्था रहेको र त्यसै अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्छ भन्दा मरिगए अध्यक्ष राख्न नमानेको गुनासो गरे ।