Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकता विधेयकमा तीन सांसदद्धारा विरोधको सूचना दर्ता

    नागरिकता विधेयकमा तीन सांसदद्धारा विरोधको सूचना दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 951
    SHARES

    काठमाडौं । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले नागरिकता विधेयकमा विरोधको सूचना दर्ता गरेका छन् ।

    लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको लगायतका विषय उठाएर विरोधको सूचना दर्ता गरेका हुन् ।



    एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको बताए ।



    सरकारले ल्याएको विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल गर्नुअघि सांसदहरुले विरोधको सूचना दर्ता गर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार