एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि आज गरिने भएको छ ।
मंगलबार टोकियोको एक बौद्ध मन्दिरमा कडा सुरक्षाबीच आबेको अन्त्येष्टि गरिन लागिएको हो । गत शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको थियो।
सोमबार, शिन्जो आबेको परिवार र नजिकका साथी तथा शुभेच्छुकले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।
आबेको हत्यामा संलग्न रहेका ४१ वर्षीय आक्रमणकारी पक्राउ परिसकेका छन्। जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन्।
Leave a Reply