Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा संघीय परिषद अध्यक्ष बाबुराम पक्षीय बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।

बिहीबारसम्म चल्ने बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुनेछ । छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको बताइएको छ ।

बैठकमा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी छ।

यस्तै जसपाको उपेन्द्र यादव समूहले बिहीबारदेखि वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच बिबाद बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077