Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनीलाई आफ्नो देशको नागरिकता दिने रुसी राष्ट्रपति पुटिनको घोषणा

एजेन्सी । रुसले युक्रेनका सबै नागरिकलाई 'फास्ट ट्य्राक' नागरिकता दिने घोषणा गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले नागरिकता 'फास्ट ट्य्राक' बाट दिने घोषणा गरेका हुन् ।

राष्ट्रपति पुटिनले नागरिकता दिने आदेशमा हस्ताक्षर गरेसँगै अब युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता वितरण गरिने भएको हो ।

पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका बीबीसीले लेखेको छ । यो आदेश रुसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ ।

यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए ।

युक्रेनको दोस्रो ठूलो सहरमा क्षेप्यास्त्र आक्रमण गरेको समयमा रुसले नागरिक दिने प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077