Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको दाबी - रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नो नियन्त्रणमा आउँछ

एजेन्सी । युक्रेनले रुसले कब्जा गरेको दक्षिणी क्षेत्र छिटै आफ्नो नियन्त्रणमा आउने दाबी गरेको छ ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले नेटोले प्रदान गर्ने हतियारले सेनालाई थप बलियो बनाउने र दक्षिण क्षेत्र फिर्ता लिने बताएका हुन् ।

ब्ल्याक सी वरपरका सामुद्रिक तट र बन्दरगाहहरू युक्रेनका लागि निकै महत्त्वपूर्ण रहेकाले अत्याधुनिक हतियारसहितका लाखौँ सेना तयार बनाएर गुमेका भू–भाग फेरि फिर्ता ल्याउने रक्षामन्त्रीले दाबी गरे ।

बेलायतले दिएका सोभियत युगका हतियारका कारण बलियोसँग लड्न सफल भइरहेको र नेटो देशबाट प्राप्त हुने अत्याधुनिक हतियारबाट थप सहयोग पुग्ने युक्रेनको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077