Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेको मुख्य एजेन्डा देशमा सुशासन ल्याउने हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताएका छन् ।

गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै एमालेले सर्वोपरि नठान्ने उनको भनाइ छ ।

राजधानीमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले एमालेको मुख्य एजेन्डा देशमा सुशासन ल्याउने र लोकतान्त्रिक अभ्यासतिर फर्किने रहेको उल्लेख गरे ।

ओलीले पटक–पटक विवाह र डिभोर्स हुने प्रवृत्ति समाजमा देखिएको भन्दै यसलाई गठबन्धन निर्माणसँग तुलना गरे । एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार नगर्ने ओलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077