Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ५७ अधिकृतहरूलाई दर्ज्यानी प्रदान

काठमाडौं । सशस्त्र प्रहरीमा हालै पदोन्नति भएका ५७ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमवार शसस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहमा पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

महानिरीक्षक अर्यालले व्यवसायिक जीवनमा पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरूमा क्रमैसँगले बढुवा गरिने बताए । खाली पदहरू सीमित रहँदा सबैलाई एकैपटक पदोन्नति गर्न नसकिए पनि क्रमिक ढंगले पदोन्नति गर्दै लगिने उनको भनाइ छ ।

असार २४ गतेको गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट पदोन्नति भएका प्रहरी उपरीक्षक दिनेश कुमार महतसहित सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ५६ जना अधिकृतहरू र अवकाशपूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठलाई दर्ज्यानी चिह्न वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077