काठमाडौं । कानुन न्याय तथा संसदीय मामीला मन्त्री गोविन्दप्रसाद कोइरालाले यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा कानुनमन्त्री कोइरालाले पल शाह र मनोज पाण्डेसँग जोडिएको घटनालाई उदाहरण दिँदै यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, तीनवटा केसको उधाहरण दिन चाहन्छु । मनोज पाण्डेको मुद्दामा हदम्यादका कारण इन्साफ नपाउने स्थिति पैदा हुनुहुँदैन । पल शाहको मुद्दाले गम्भीर प्रश्न उठाएको छ ।
कुरा मिल्दासम्म सँगै बस्ने र बिग्रिए सकेपछि उमेरका कारणबाट हुने रेपलाई राज्यले अनदेखा गर्न सक्दैन । अछाम जिल्ला अदालतबाट पीडीतलाई नै सजाय गराइयो । यसकारण पनि यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक छ ।ु
हदम्यादका कारणले पीडितलाई न्याय दिन इन्कार गर्न नहुने बताए ।
बलात्कार आरोपमा शाह र पाण्डे कारागारमा छन्।
Leave a Reply