काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबिया विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
अयरमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर बलिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
आजको खेलमा नेलालका लागि बसिर अहमदले डेब्यू गरेका छन् । उनले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका हुन् । आजको खेलमा विनोद भण्डारी, पवन सरार्फ र किशोर महतो बेन्चमा छन् ।
आजको खेलमा नेपाल नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्ने योजनामा छ । एक दिवसीयमा नामिबिया र नेपालले पहिलो पटक भिड्न लागेका हुन् ।
Leave a Reply